काठमाडौं । निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार भएको म्युजिक भिडियो ‘कति बस्छौं माइतीघर’ तथा सर्ट फिल्म ‘आश्रम’ काठमाडौंस्थित जय नेपाल हलमा शनिबार विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

किशोर कुमार शाही र देवकुमारी खड्गीको स्वर रहेको ‘कति बस्छौं माइतीघर’ म्युजिक भिडियोसँगै समाज र मानवीय भावनासँग जोडिएको विषयवस्तुमा आधारित ‘आश्रम’ सर्ट फिल्म सार्वजनिक गरिएको हो।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, ज्येष्ठ विशिष्ट चलचित्रकर्मी मदनदास श्रेष्ठ, युगीन कलाकार तथा निर्देशक पवन जोशी, अभिनेत्री शर्मिला मल्ल, नायक धीरेन शाक्य, विशिष्ट चलचित्र पत्रकार तथा निर्देशक विजय रत्न तुलाधर, अभिनेत्री लक्ष्मी गिरी, अभिनेत्री पल्पसा डंगोल तथा जय नेपाल हलका सञ्चालक गोपालकाजी कायस्थलगायत चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

‘आश्रम’मा विजय केसी, निरु बुढामगर, देवकुमारी खड्गी र सत्यदेवी थापाको अभिनय रहेको छ। त्यस्तै चाँदनी, शेरबहादुर डीसी र दीपक कपाली अतिथि कलाकारका रूपमा देखिएका छन्। रुहान शाक्य र युवराज श्रेष्ठले बालकलाकारका रूपमा अभिनय गरेका छन्।

सर्ट फिल्मको कथा, सम्पादन तथा निर्देशन नरेन्द्रबहादुर धामीले गरेका हुन्। फिल्मका निर्माता इन्द्र खड्गी हुन् भने देवकुमारी खड्गीको प्रस्तुति रहेको छ।

समारोहमा बोल्दै उपस्थित चलचित्रकर्मी तथा अतिथिहरूले नेपाली समाजका संवेदनशील विषय, पारिवारिक सम्बन्ध तथा मानवीय भावनालाई कलामार्फत प्रस्तुत गर्ने प्रयासको प्रशंसा गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *