काठमाडौँ । उतारचढावमा रहेको सेयर बजार साताको अन्तिम दिन ओरालो लागेर बन्द भएको छ । बिहीबार सेयर बजारमापक नेप्से परिसूचक १२.६२ अङ्कले उकालो लागेर २०८४.९६ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.९० अङ्कले उकालो लागेर ३९१.२५ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.६० प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.२३ प्रतिशतले ओरालो लागेको छ ।
बिहीबार दिनभर ९३ लाख ८२ हजार ४४० कित्ता सेयर ५७ हजार ६४३ पटक खरिदबिव्रmी हुँदा तीन अर्ब ३९ करोड छ लाख ६० हजार ६०५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार २३ करोड ७५ लाख ९३ हजार ३४८ रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम सिमेण्ट्सको सर्वाधिक सेयर कारोबार भएको छ भने सोल्टी होटल लिमिटेडको १७ करोड ९२ लाख ९४ हजार ५६१ रुपियाँ, हिमालयन लाइफ इन्स्योरेन्सको १६ करोड १५ लाख नौ हजार ९६ रुपियाँ, नेपाल टेलिकमको ११ करोड ८४ लाख ४८ हजार ५१४ रुपियाँ र चिलिमे हाइड्रोपावरको सात करोड ५० लाख ९० हजार ९८५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, होटल तथा पर्यटन र म्युचअल फण्डबाहेक बाँकी १० उपसमूहको सूचक ओरालो लागेको छ । बैंकिङ उपसमूह ०.३१ प्रतिशतले उकालो लागेको अन्तिम दिन, होटल तथा पर्यटन ०.१९ प्रतिशत र म्युचअल फण्ड ०.५५ प्रतिशतले उकालो लागेको छ । यता वित्त उपसमूह सर्वाधिक २.०० प्रतिशतले ओरालो लागेको छ ।