काठमाडौँ । चौधरी गु्रपअन्तरगत रहेको सीजीएग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सीजीएग्रोटेकले जनाएको छ ।
हालै सम्पन्न एक समारोहबीचचौधरी गु्रपकाप्रबन्धनिर्देशक वरुण चौधरी र डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयालअहमदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
सहकार्यले डीएमसी र सीजीएग्रोटेकबीचबलियो सम्बन्ध स्थापनागर्नुका साथै डीएमसीसीका सदस्यकम्पनीहरूकालागिव्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्नेकम्पनीले जनाएको छ । यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथाअफ्ठ्याराहरूको सम्बोधनगर्न मद्दत गर्नेछ ।
सम्झौताप्रतिउत्साहव्यक्तगर्दै सीजीएग्रोटेककाप्रवन्धनिर्देशकचौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल – युएई बीच रहेको कृषिव्यापार सम्बन्धअझ सुदृढ र बलियो हुने विश्वास ब्यक्त गर्नुभयो । “डीएमसीसीसँग रहेको २३,००० सदस्यकम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमालाभदायकअवसरहरूको अन्वेषणले द्विपक्षीयव्यापारलाई अझब्यापकबनाउनकालागिहाम्रो क्षमतामा महत्वपूर्ण प्रभाव पार्नेछ,”चौधरीले भन्नुभयो ।
डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयालअहमदीकाअनुसार हालकावर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमाउल्लेखनीय वृद्धिभएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ । साथै, खाद्य सुरक्षामाआएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको मागअझ बढ्ने उहाँले जनाउनुभयो । “यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यीव्यापारिक अवसरहरूको मूल्याङ्कनगर्न मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *