राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सांसद हरि ढकालले यो देशको कुनै पनि समिति सम्मानित सर्वोच्च अदालतको निर्णय भन्दा माथी रहने गरि बनेको छैन र बन्न पनि नहुने बताएका छन् । उनले आज (मंगलबार) सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
साथै, उनले सर्वोच्च अदालतले काम कारबाहि अगाडि बढाउनु भनेको विषयमा कुनै विषयगत समितिले सर्वोच्चको निर्णय कार्यान्वयन नगर्नु भन्न मिल्छ वा मिल्दैन? के कानुनी राज्यमा यस्तै हुने हो? भन्दै प्रश्न समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो देशको कुनै पनि समिती सम्मानित सर्वोच्च अदालतको निर्णय भन्दा माथी रहने गरि बनेको छैन र बन्न हुन्न पनि। सर्वोच्च अदालतले काम कारबाहि अगाडि बढाउनु भनेको विषयमा कुनै विषयगत समितिले सर्वोच्चको निर्णय कार्यान्वयन नगर्नु भन्न मिल्छ वा मिल्दैनरु के कानुनी राज्यमा यस्तै हुने होरु
देशको विभिन्न क्षेत्रमा पुजि निर्माण गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने पुजिबजारका लगानीकर्ताको भावनामा खेल्ने काम बन्द गर्दै सर्बोच्चको निर्णयलाई स्विकार गरौं।