काठमाडौँ । लगातार सुधारिएको सेयर बजारले दुई हजारको विन्दु नाघेको छ । सेयर बजारमा सुधारले साताको तेस्रो दिन पनि निरन्तरता पाएको छ भने कारोबार रकमले चार अर्ब नाघेको छ । मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ३४ दशमलव १७ अंकले उकालो लागेर दुई हजार २० दशमलव ६४ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स पनि छ दशमलव ५२ अंकले उकालो लागेर ३७९ दशमलव ८७ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से एक दशमलव ७२ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इण्डेक्स पनि एक दशमलव ७५ प्रतिशतले उकालो लागेको छ । लगातार छ दिनदेखि उकालो लागिरहेको नेप्से मङ्गलबारसम्म १२० अंकले उकालो लागिसकेको छ ।
सोमबार नेप्से सात दशमलव ७९ अंकले उकालो लागेर एक हजार ९८७ दशमलव ८७ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इण्डेक्स पनि दुई दशमलव ८३ अंकले उकालो लागेर ३७३ दशमलव ३५ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा दोस्रो दिनको नेप्से शून्य दशमलव ३९ प्रतिशतले उकालो लागेको थियो भने सेन्सेटिभ इण्डेक्स पनि शून्य दशमलव ७६ प्रतिशतले उकालो लागेको थियो ।
मङ्गलबार दिनभर २७० कम्पनीहरुको एक करोड आठ लाख एक हजार ६९३ कित्ता सेयर ७० हजार ७५९ पटक खरिदबिक्री हुँदा चार अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब २४ करोड रुपियाँले बढी हो । सोमबार २८५ कम्पनीहरुको ७४ लाख ५४ हजार सात कित्ता सेयर ४९ हजार ९४४ पटक खरिदबिक्री हुँदा दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार ४१५ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।
तेस्रो दिन कारोबारमा आएका १३ उपसमूहकै सूचक उकालो लागेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक चार दशमलव ३२ प्रतिशतले उकालो लागेको मङ्गलबार व्यापार दुई दशमलव ४२ प्रतिशत, लघुवित्त दुई दशमलव ६४ प्रतिशत, जीवन बीमा दुई दशमलव ७३ प्रतिशत, होटल तथा पर्यटन दुई दशमलव ३० प्रतिशत र वित्त दुई दशमलव १९ प्रतिशतले उकालो लागेको छ ।
तेस्रो दिन २७ करोड ६६ लाख ८७ हजार २५० रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम सिमेण्ट्सको सर्वाधिक सेयर कारोबार भएको छ भने हिमालय डिष्टीलरीको १७ करोड ५० लाख ९५ हजार २२० रुपियाँ, आइएमई जनरल इन्स्योरेन्सको १६ करोड २६ लाख ७८ हजार ८४३ रुपियाँ, सोल्टी होटल लिमिटेडको १२ करोड १८ लाख ४६ हजार ७८० रुपियाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आठ करोड ८३ लाख आठ हजार ७९० रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *