सरकारले फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा कर बढाएको छ। सरकारले गत आर्थिक वर्ष फेसबुक र युट्युब जस्ता प्ल्याटफर्मका माध्यमबाट हुने आम्दानीमा १ प्रतिशत कर लिने गरेको थियो । सो विषयलाई परिमार्जन गरिएको छ । सरकार यस वर्ष आर्थिक विधेयकमार्फत सामाजिक सञ्जालमा श्रव्यदृश्यबाट प्राप्त हुने आयमा १ प्रतिशतबाट ५ प्रतिशतमा पुर्‍याएको हो ।

‘व्यवसाय सञ्चालन नगर्ने प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै विद्युतीय सेवा उपलब्ध गराए बापत वा नेपाल बाहिर परामर्श सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामाग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा विगतमा बैंकले एक प्रतिशत कर कट्टा गरी जम्मा गर्ने व्यवस्था रहेकोमा अब त्यसलाई वृद्धि गरी पाँच प्रतिशत कायम गरिएको छ,’ आर्थिक विधेयकमा भनिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *