काठमाडौँ । भारतको सबैभन्दा ठूलो टायर निर्माता अर्थात् मद्रास रबर फ्याक्ट्रीको शेयरले इतिहास रचेको छ। एमआरएफको शेयरले जुन १३ को कारोवार सत्रमा एक लाख रुपियाँको कीर्तिमान नाघेको छ। एक कित्ता शेयरको मूल्य १ लाख रुपियाँ नाघ्ने, एमआरएफ भारतको पहिलो कम्पनी बनेको छ।
इन्ट्रा डेमा भएको थियो १ लाख ४३९ रुपियाँ ९५ पैसासम्म कारोबार
सो दिनको कारोबार सत्रमा कम्पनीको शेयर प्रतिकित्ता १ लाख ४३९ रुपियाँ ९५ पैसासम्म करोबार भएको थियो। हो इन्ट्रा डे र ५२ हप्ताको उच्च पनि हो। यद्यपि, कारोबारको अन्तिम समयसम्ममा एमआरएफको शेयरमूल्य ९३१ रुपियाँ ४५ पैसा अर्थात ०।९४ प्रतिशत बढेर ९९ हजार ९०० मा अन्तिम कारोबार भएको थियो। कारोबार सत्रको सुरुमा यस स्टकको कारोबार ९९ हजार १५० रुपियाँमा खुलेको थियो।
एक वर्षमा ४६ प्रतिशत वृद्धि
एक दिन अघि अर्थात सोमबार ९जुन १२० मा एमआरएफको स्टक ९८ हजार ९३९ रुपियाँ ७० पैसा मा बन्द भएको थियो। पछिल्लो एक वर्षमा यस स्टकमा उल्लेखनीय वृद्धि भएको छ। यसको शेयर एक वर्षमा ४६ प्रतिशतले बढेको छ। एमआरएफको शेयरले १७ जुन २०२२ मा बिएसईमा आफ्नो ५२ हप्ताको न्यून ६५,९०० रुपियाँ ५ पैसामा थियो।
बजार पूँजीकरण ४ खर्बभन्दा बढी
एमआरएफ कम्पनीको कुल ४२ लाख ४१ हजार १४३ कित्ता शेयर छ, जसमध्ये ३० लाख ६० हजार ३१२ शेयर सर्वसाधारण शेयरधनीसँग छ भने कम्पनीका संस्थापकहरुको नाममा ११ लाख ८० हजार ८३१ कित्ता रहेको छ। यस कम्पनीको बजार पूँजीकरण ४ खर्ब २३ अर्ब ७० करोड रुपियाँ छ।
चौथो त्रैमासमा नाफा १६२ प्रतिशत बढेको थियो
चौथो त्रैमास अर्थात जनावरी देखि मार्चसम्ममा कम्पनीको नाफा उल्लेख्य बढेको थियो। एमआरएफको स्ट्यान्डअलोन नाफा मार्च क्वाटरमा १६२ प्रतिशत बढेर ४ अर्ब १० करोड रुपियाँ पुगेको छ। चौथो त्रैमासमा कम्पनीको सञ्चालन कार्यसम्पादन सुदृढ भएको छ।
सञ्चालनबाट कम्पनीको स्ट्यान्डअलोन राजस्व वार्षिक रूपमा प्रतिशत बढेर ५७ अर्ब २५ करोड पुगेको छ। यति मात्र होइन, कम्पनीले आफ्ना लगानीकर्तालाई प्रति शेयर १६९ रुपियाँ लाभांश दिने घोषणा गरेको छ।
सन् २०१६ मा एमआरएफको शेयरमूल्य ५० हजार रुपियाँ थियो
एमआरएफको शेयर सन् २००० मा १ हजार रुपियाँ थियो जुन् सन् २०१२ मा १० हजार रुपियाँ पुग्यो। त्यसपछि २०१४ मा यो स्टक ९शेयर० २५ हजार रुपियाँ पुगेको थियो। त्यसपछि २०१६ मा ५० हजार रुपियाँ पुग्यो। त्यसैगरी, सन् २०१८ मा ७५ हजार र अहिले एमआरएफ स्टकको मूल्य १ लाख नाघेको छ।
एमआरएफको स्टक किन महँगो
यसको पछाडिको कारण कम्पनीको शेयर कहिल्यै स्प्लिट नगर्नु हो। एन्जल वनका अनुसार एमआरएफले सन् १९७५ देखि आफ्नो शेयर कहिल्यै स्प्लिट गरेको छैन। जबकि एमआरएफले सन् १९७० मा १ः२ र १९७५ मा ३ः१० को अनुपातमा बोनस शेयर जारी गरेको थियो।
एमआरएफले खेलौना–बेलुन बनाउनेबाट सुरु गरेको थियो
चेन्नईमा आधारित एमआरएफ कम्पनीको पूरा नाम मद्रास रबर फ्याक्ट्री हो। यो कम्पनीले सन् १९४६ मा खेलौना बेलुन बनाएर सुरु भएको थियो। सन् १९६० देखि कम्पनीले टायर बनाउन थालेको थियो। अहिले यो कम्पनी भारतको सबैभन्दा ठूलो टायर उत्पादक कम्पनी हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *