काठमाडौँ । दोभान हाइड्रोपावर लिमिटेडले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको २२ लाख ८० हजार कित्ता सेयर जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
कम्पनीले सोलुखुम्बु जिल्लाको जुनवेशी खोलाको पानिको बहाव सदुपयोग हुने गरी ५।२ मे।वा। क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
उक्त आयोजनामा लगानी गर्न कम्पनीले आफ्नो जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम २२ करोड ८० लाख बराबरको आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिक, सर्वसाधारण तथा संस्थामा कार्यरत कामदाररकर्मचारीलाई जारी गर्न लागेको हो ।
कम्पनीले उक्त प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र दोभान हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक पुरञ्जन राईले सम्झौता पत्रमा हस्ताक्षर गरे।
यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको १३२ के।भी। तिङ्गला लमाने सव– स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *