काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ असार १ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार जेठ ३२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रदमा सेयरमूल्य समायोजन भएपछिको मूल्यमा असार ३ गतेपछि सेयर खरिद गर्नेको हकमा भने हकप्रदमा आवेदन दिन पाउनेछैनन् ।
कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशतका दरले हुन आउने प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४५९।७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
हाल नेशनल हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसा रहेको छ । हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार ९१५ रुपैयाँ पुग्नेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *