काठमाडौं । कालिमाटीमा अवस्थित रहेको सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी,मलेसियाबाट सम्बन्धन अन्तर्गत पढाई हुने एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्ट विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको थियो । युवाहरूलाई होटल सम्बन्धि तालिम दिएर रोजगारी दिन सफल एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले हस्पिटालिटी र डिप्लोमा ईन कुलनरी आर्ट्स (परिकार बनाउने)अन्तर्गत अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरु सञ्चालन गर्दै आएको छ। पिडिएचएम सम्बन्धी ६ महिने कोर्षको पठन पाठन हुँदै आएको यस इन्स्टिच्युटमा कमर्सियल कुकरी,ब्रेकरी,पिजा मेकिङ,कफी मेकिङ,(बारिस्टा ट्रेनिङ) हाउस किपीङ,फ्रण्ट अफिस, फुड एण्ड वेभरेज सर्भिस,हस्पिटालिटी म्यान्जेमेण्टको कोर्षमा दक्ष जनसक्ती उत्पादन गर्दै आएको छ। कोर्ष अध्ययन पस्चात हासिल हुने शिपले रोजगारीको लागि त्यसै भौतारिरहनु नपर्ने तर्क पेश गर्दै उक्त पास आउट भएका अधिकांश बिद्यार्थीहरुले स्वदेश एबम विदेश स्थित स्तरिय होटल एबम रेस्टुराहरुमा रोजगारी पाएको एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टका प्रमुख राजेन्द्र प्रसाद त्रिपाठीले जानकारी दिनु भयो । होटल,दिगो पर्यटन व्यवस्थापन,सामुदायिक हाेमस्टे सम्बन्धी सम्पूर्ण तालिम’प्रदान गर्दै आएको एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले निकट भविष्यमा आफ्नो सेवालाई नेपालका अन्य ठूला सहरहरूमा पनि विस्तार गर्ने योजना बोकेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *