काठमाडौं । आर्थिक बर्ष २०८/८१ का लागि नेपाल राष्ट्र बैंकद्धारा जारी मौद्रिक नीतिमा मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको भनिएता पनि लघु, घरेलु तथा साना उद्योगका बारेमा केही व्यवस्था नहुनुले लघु, घरेलु तथा साना उद्यमीहरु निराशा छाएको छ ।
साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिकता दिन वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिबृद्धि गर्नेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहनु सकारात्मक हो र सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको व्यवस्थालाई निरन्तरता दिनुपर्ने महासंघको ठहर रहेको छ ।
सहकारीको समस्या बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्नाले सहकारीको समस्या समाधान गर्न मद्दत पुग्ने देखिएको महासंघले जनाएको छ ।
कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य पुरा भएमा मुलुकले राहतको महसुस गर्नेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *