काठमाडौँ । लगातार ओरालो लागिरहेको सेयर बजार २१ सयको विन्दुमा आइपुगेको छ । पछिल्ला पाँच दिनमा मात्रै सेयर बजार १२६ अंकले ओरालो लागेको हो ।
साताको पहिलो दिन आइतबार सेयर बजारमापक नेप्से परिसूचक २६.१४ अङ्कले ओरालो लागेर २१००.३४ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.१७ अंकले ओरालो लागेर ३९९.६६ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा पहिलो दिनको नेप्से १.२२ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले ओरालो लागेको छ ।
अघिल्लो साताको अन्तिम दिन बिहीबार सेयर बजारमापक नेप्से परिसूचक २९.७१ अङ्कले ओरालो लागेर २१२६.४८ को बिन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ५.२६ अंकले ओरालो लागेर ४०३.८४ को बिन्दुमा पुगेर रोकिएको थियो । समग्रमा अन्तिम दिनको नेप्से १.३७ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स १.२८ प्रतिशतले ओरालो लागेको थियो ।
आइतबार दिनभर ६८ लाख ६० हजार ४२ कित्ता सेयर ४६ हजार ३२७ पटक खरिदबिव्रmी हुँदा दुई अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो साताको भन्दा आठ करोड रुपियाँले बढी हो । बिहीबार ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर ४४ हजार ६७२ पटक खरिदबिव्रmी हुँदा दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।
पहिलो दिन १४ करोड ७८ लाख ७४ हजार ३४९ रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ भने सोल्टी होटल लिमिटेडको ११ करोड ९९ लाख १५ हजार २८४ रुपियाँ, एभरेष्ट बैंक लिमिटेडको १० करोड २० लाख ६२ हजार ४८१ रुपियाँ, हिमालय डिष्टीलरीको छ करोड पाँच लाख ९८ हजार १९६ रुपियाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको पाँच करोड ९५ लाख पाँच हजार ४४२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी १२ उपसमूहको उपसूचक ओरालो लागेको छ । वित्त उपसमूहको सूचक सर्वाधिक २.३२ प्रतिशतले ओरालो लागेको पहिलो दिन वित्त उपसमूह २.३२ प्रतिशत, होटल तथा पर्यटन २.०८ प्रतिशतले ओरालो लागेको छ । यता म्युचुअल फण्डको सूचक ०.३२ प्रतिशतले उकालो लागेको छ ।