काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो वेवसाइट, मोबाईल बैंकिङ्ग (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको आरबीबी रिक्वेष्ट रेमिटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
यो सुविधा अन्तरगत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ्ग र ट्रान्सफर प्रयोग गरी बैंकको आरबीबी रिक्वेष्ट रेमिट पोेर्टलको सेन्ड रेमिटमार्फत रकम पठाउन सक्ने भएका छन् ।
साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्ने बैंकले जनाएको छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *