बैंकक – नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव समाजसेवी तथा युवा व्यवसायी श्याम कुमार घिमिरे एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् ।

शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा शनिबार बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’अन्तर्गत सफल युवा व्यवसायी सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले घिमिरेलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

सामाजिक कार्यमा सक्रिय सम्मानित घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव काठमाडौँ जेसिजको महासचिव पलान्चोक डेरी उधोगका संचालक अन्य दुग्धजन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध छन् ।

सम्मानप्रति आभार व्यक्त गर्दै घिमिरेले दुधजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए।डेरी जन्य वस्तुको उत्पादन आधुनिक र व्यवस्थित बनाएरै छाड्ने संकल्प गरे।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *