काठमाडौँ । पछिल्लो समय सुस्ताएको सेयर बजार आइतबार ८० अंकले ओरालो लागेको छ । सेयर बजार मापक नेप्से परिसूचकमा भारी अंकको गिरावट आएपनि कारोबार रकम भने २० अर्ब नजिक पुगेको छ । जनै पूर्णिमा र गाइजात्रापछि सुस्ताएको बजार अघिल्लो साताको अन्तिम दिन पनि सुस्ताएरै बन्द भएको थियो ।
आइतबार नेप्से ७९.८८ अङ्कले ओरालो लागेर २८९४.५७ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १४.५२ अङ्कले ओरालो लागेर ५१९.३४ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको पहिलो कारोबार दिनको नेप्से २.६८ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स २.७२ प्रतिशतले ओरालो लागेको छ ।
आइतबार ३३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर दुई लाख १६ हजार ४५५ पटक खरिद बिव्रmी हुँदा १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार ८०० रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५८ करोड रुपियाँले बढी हो ।
पहिलो दिन ८४ करोड ६८ लाख १७ हजार ३४७ रुपियाँ बराबरको सेयर कारोबार भएर अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
आइतबारको सेयर बजारमा कारोबारमा आएका माइक्रोफाइनान्स बाहेक बाँकी १२ उपसमूहको परिसूचक ओरालो लागेको छ । लगानी उपसमूह सर्वाधिक ३.८३ प्रतिशतले ओरालो लागेको छ । यस्तै अन्य ३.५५ प्रतिशत, फाइनान्स ३.५० प्रतिशत, बैंकिड ३.३१ प्रतिशत, जलविद्युत ३.०४ प्रतिशतले ओरालो लागेको छ । यता माइक्रोफाइनान्स भने १.०८ प्रतिशतले उकालो लागेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *