काठमाडौँ । उच्च अंकले बढोत्तरी आउँदा सेयर बजार २८ सयको विन्दुमाथि लागेको छ । लगातार ओरालो लागेर २६ सयको विन्दुमा झरेको सेयर बजारले सोमबार फेरी यू टर्न लिएको हो । सोमबार सेयर बजार मापक नेप्से परिसूचक १२७ अंकले उकालो लाग्दा परिसूचक २८ सयमाथि लागेको छ । परिसूचकमा उच्च अंकको बढोत्तरी आएसँगै कारोबार रकम पनि अघिल्ला दिनको तुलनामा बढेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेयता निरन्तर उकालो लागेर तीन हजार नजिक पुगेको बजार फेरी २६ सयको विन्दुमा आएको थियो । आइतबार नेप्से ५३.६३ अङ्कले ओरालो लागेर २६९५.९३ को विन्दुमा पुगेर रोकिएको थियो ।
सोमबार नेप्से १२७.३२ अङ्कले उकालो लागेर २८२३.२५ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २२.९४ अङ्कले उकालो लागेर ५०३.८३ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको दोस्रो दिनको नेप्से ४.७२ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ४.७७ प्रतिशतले उकालो लागेको छ ।
सोमबार ३३५ कम्पनीको तीन करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर एक लाख ६० हजार ५७९ पटक खरिद बिव्रmी हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा दुई अर्ब ५९ करोड रुपियाँले बढी हो ।
सोमबार ४६ करोड ५२ लाख ५१ हजार नौ सय रुपियाँ बराबरको सेयर कारोबार भएर गुडबील फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । अपी पावर कम्पनीको ४१ करोड ८८ लाख ७३ हजार ६२१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबारको सेयर बजारमा कारोबारमा आएका १३ ओटै उपसमूहको परिसूचक उकालो लागेको छ । फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ७.९४ प्रतिशतले उकालो लागेको सोमबार लगानी ५.४५ प्रतिशत, जलविद्युत ५.३६ प्रतिशत, विकास बैंक ४.९९ प्रतिशत, होटल तथा पर्यटन ४.९२ प्रतिशत, निर्जीवन बीमा ४.८१ प्रतिशत, बैंकिड ४.७३ प्रतिशत, जीवन बीमा ४.६९ प्रतिशत, अन्य ४.१४ प्रतिशतले उकालो लागेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *