काठमाडौं। नेपाली साहित्यमा निकथाको माध्यमवाट नौलो आयाम थप्दैआएका नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी र उनको जीवन संगीनी बिन्जु जोशीले आयामिक कार्य गरेका छन्। जोशी दम्पत्तिले पिता प्रभु भक्त जोशी तथा माता छोरीनानी जोशीको नाममा पुरस्कार स्थापना गरेर आयामिक कार्य गरेका हुन्।

निकथाको सर्वोत्कृष्ट बर्ष पुस्तक नै सावित भैसकेको कृति “चोभार ब्लुज”का स्रष्टा लेखक बिक्रम भक्त जोशीका पिता र माताको नाममा “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार”स्थापना भएको छ। नारी स्रष्टा समाजबाट प्रदान गर्ने गरी आफ्ना मातापिताका नाममा बिक्रमभक्त जोशी र बिन्जु जोशीले “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार” स्थापना गरेका हुन् । र त्यसको अक्षयकोषको समेत ब्यवस्था जोशी दम्पत्तिले गरिसकेको छ ।

नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको संयोजनमा स्थापना गरिएको “प्रभुभक्त–छोरीनानी वर्षपुस्तक पुरस्कार २०८१” पहिलो पटक आगामी मङ्सिर १ गते नारी स्रष्टा दिवसको अवसरमा उत्कृष्ट पुस्तक छनोट कमिटीबाट छनोट भएको पुस्तकलाई नगद एघार हजार र सम्मानपत्र प्रदान गरिने भएको छ। यसको सम्पूर्ण जिम्मेवारी जोशी दम्पत्तिले नारी स्रष्टा समाजलाई दिएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *