काठमाडौँ । पछिल्लो समय ओरालो लय समाएको सेयर बजारमा कुल बजार पूँजीकरणमा पनि ३० अर्बले कमी आएको छ । गत साता नेप्सेमा कुल बजार पूँजीकरण ४३ खर्ब ३६ अर्ब ४९ करोड ९४ लाख ८३ हजार ३४९ रुपियाँ कायम भएको छ । जुन अघिल्लो साताको तुलनामा ३० अर्ब ३८ करोड ६५ लाख रुपियाँले कमी हो । अघिल्लो साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख रुपियाँ रहेको थियो ।
पछिल्ला दिनमा सेयर बजारले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएको छ । पाँच कारोबार दिन बजार खुला भएको गत साता पाँच कारोबार दिनमा दुई दिन बजार उकालो लागेको थियो भने तीन दिन ओरालो लागेको थियो । गत साता सेयर बजार २२.२१ अंकले ओरालो लागेको हो ।
साताको अन्तिम दिन सेयर बजार ओरालै लागेर बन्द भएको थियो । अन्तिम दिन सेयर बजारमापक नेप्से परिसूचक १२ अंकले ओरालो लागेको छ भने कारोबार रकम पनि नौ अर्बमा सीमित भएको थियो । लगातार सुधारिएर तीन हजारको विन्दु नजिक पुगेको बजार २७ सयको विन्दुमा आइपुगेको छ ।
बिहीबार नेप्से १२.१० अङ्कले ओरालो लागेर २७२७.३६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २.३६ अङ्कले ओरालो लागेर ४८६.३५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको अन्तिम दिनको नेप्से ०.४४ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.४८ प्रतिशतले ओरालो लागेको छ ।
बिहीबार ३१६ कम्पनीको दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता सेयर एक लाख १२ हजार ६९२ पटक खरिद बिव्रmी हुँदा नौ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा तीन अर्ब २७ करोड रुपियाँले कमी हो ।
अघिल्लो साता चार दिन कारोबार भएको बजार गत साता पाँच दिन कारोबार हुँदा पनि कमी आएको छ । अघिल्लो साता औसतमा १६ अर्ब नौ करोड रुपियाँभन्दा बढीको तीन करोड ७४ लाख ७७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा गत साता ११ अर्ब ९५ करोड ५३ लाख रुपियाँभन्दा बढीको दुई करोड ७० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । औसत कारोबार रकम गत साता अघिल्लो साताभन्दा करिब २६ प्रतिशत र कारोबार कित्ता करिब २८ प्रतिशत घटेको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *