काठमाडौँ । महिलाहरुको महान चाड तीज सकिएपछि खुलेको सेयर बजार पनि ओरालै लागेको छ । सेयर बजारमापक नेप्से परिसूचक २५ अंकले ओरालो लागेर २६ सयको विन्दु पछ्याएको छ भने कारोबार रकम १० अर्बमा रहेको छ । पछिल्ला दिनमा सेयर बजारले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिइरहेको छ ।
आइतबार नेप्से २५.४६ अङ्कले ओरालो लागेर २७०१.९० को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.६३ अङ्कले ओरालो लागेर ४७९.७२ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको अन्तिम दिनको नेप्से ०.९३ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स १.३६ प्रतिशतले ओरालो लागेको छ ।
आइतबार ३२८ कम्पनीको दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर एक लाख १२ हजार तीन सय पटक खरिद बिव्रmी हुँदा ११ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४७ करोड रुपियाँले बढी हो ।
आइतबार ४२ करोड १९ लाख २५ हजार २१० सय रुपियाँ बराबरको सेयर कारोबार भएर सीइडीबी हाइड्रोपावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड प्रमोटर सेयरको ३५ करोड ८१ लाख ४३ हजार ९४३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबारको सेयर बजारमा कारोबारमा आएका १३ ओटा उपसमूह मध्ये उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्डबाहेक बाँकी नौ उपसमूहको परिसूचक ओरालो लागेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले उकालो लागेको छ । यता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशतले ओरालो लागेको भने बैंकिङ १.५८ प्रतिशतले ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेयता निरन्तर उकालो लागेर तीन हजार नजिक पुगेको बजार फेरी चाडपर्व शुरुभएयता २७ सयको विन्दुमा आएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *