काठमाडौँ । लगातार ओरालो लागेर लगानीकर्तालाई चिन्तित बनाएको सेयर बजार यो साताको पहिलो दिन थामिएको छ । कुनै बेला लगातार उकालो लाग्ने क्रममा तीन हजारको विन्दु नजिक पुगेको सेयर बजार मापक नेप्से परिसूचक साढे २५ सय नजिक आएको थियो । नेप्से १२ अंकले सुधारिए पनि कारोबार रकम भने उठ्न सकेको छैन ।
आइतबार नेप्से ११.५८ अङ्कले उकालो लागेर २५८८.३५ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.५० अङ्कले उकालो लागेर ४६३.४३ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको पहिलो दिनको नेप्से ०.४४ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.७६ प्रतिशतले उकालो लागेको छ ।
आइतबार ३२५ कम्पनीको एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर ७२ हजार ९५७ पटक खरिदबिव्रmी हुँदा पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार ६९० रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५७ करोड रुपियाँले कमी हो ।
आइतबार २७ करोड ८० लाख २७ हजार ७१५ रुपियाँ बराबरको सेयर कारोबार भएर सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सर्वाधिक कारोबार भएको छ ।
आइतबारको सेयर बजारमा कारोबारमा आएका १३ वटा उपसमूहमध्ये फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्डबाहेक बाँकी आठ उपसमूहको परिसूचक उकालो लागेको छ । बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले उकालो लागेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *