काठमाडौँ । लगातार गिरावटको बाटोमा लागेको सेयर बजार अन्तत चौबिस सयको विन्दुमा आइपुगेको छ । साताको तेस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक ५९ अंकले ओरालो लागेको छ भने कारोबार रकम पनि साढे पाँच अर्बमै सीमित भएको छ ।
मङ्गलबार नेप्से ५८.९३ अङ्कले ओरालो लागेर २४७०.३९ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ९.५२ अङ्कले ओरालो लागेर ४४४.८८ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको तेस्रो दिनको नेप्से २.३३ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स २.०९ प्रतिशतले ओरालो लागेको छ ।
ओरालो लागिरहेको बजार आइतबार सम्हालिएको थियो । फेरी सोमबार भारी अंकले ओरालो लागेको थियो । पछिल्ला दिनहरुमा सेयर बजारले गिरावटलाई नै निरन्तरता दिइरहेको छ ।
मङ्गलबार ३०९ कम्पनीको एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर ७७ हजार २६४ पटक खरिदबिव्रmी हुँदा पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा दुई करोड रुपियाँले बढी हो ।
मङ्गलबार १८ करोड ४१ लाख ७६ हजार ७६ रुपियाँ बराबरको सेयर कारोबार भएर एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
मङ्गलबारको सेयर बजारमा कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशतले ओरालो लागेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *