काठमाडौँ । नागेश्वर टोल सुधार समितिले निमा दोर्जे लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नागेश्वर टोल सुधार समितिको राजधानीमा सम्पन्न १३ ओैं वार्षिक साधरणसाभा तथा अधिवेशनबाट प्रथम उपाध्यक्षमा कर्ण बहादुर लामिछाने, द्धितीय उपाध्यक्षमा सीता लामा, सचिवमा कमल खरेल, कोषाध्यक्षमा देवी ओली, सहसचिवमा सुवास रसाईली सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा मिलन श्रेष्ठ, हरीलाल धमला, अस्मिता श्रेष्ठ, अर्जुन लङगते, छिडिङ दोर्जे लामा तथा सल्लाहकारमा डोल्मा टुल्कु चयन हुनभएको निर्वाचन संयोजक विवेकदास श्रेष्ठले बताउनुभयो ।
बन्द सत्रपछि निर्वाचन गर्ने कार्यभार सम्हाल्नुभएका निर्वाचन संयोजक श्रेष्ठले सम्पूर्ण कार्यसमितिलाई सर्वसम्मत रुपमा सम्पन्न गराउनुभएको थियो ।
वनभोज कार्यक्रम समेत रहेको उक्त समारोहमा सभापतित्व निवर्तमान अध्यक्ष लाक्पा फुटी शेर्पाले गर्नु भएको थियो । अधिवेशनको समुदघाटन बौद्धनाथ क्षेत्र विकाश समितिका अध्यक्ष राजकुमार लामाले गर्नु भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *