काठमाडौं । गत शुक्रबार राजधानीको तीनकुने र सो क्षेत्र वरपर भएको हुलदंगा र मुठभेडका कारण निर्जीवन बीमा कम्पनीहरुमा पाँच करोड रुपियाँ नजिक दाबी परेको छ ।
राजावादी समर्थकहरुको प्रदर्शनका क्रममा भएको हुलदंगाका कारण अहिलेसम्म चार करोड ८७ लाख ६८ हजार २० रुपियाँ बराबरको क्षतिको दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
बिहीबार निर्जीवन बीमा कम्पनीहरुबाट प्राप्त तथ्याङ्कका अनुसार हुलदंगाका कारण भएको क्षतिमा ११ वटा बीमा कम्पनीमा ४३ वटा दाबी परेको छ । प्राप्त बीमा दाबीमध्ये हालसम्म एउटा कम्पनीले ती वटा दाबीको ४५ हजार १२ रुपियाँ भुक्तानी गरिसकेको छ ।
हालसम्म प्राप्त दाबीमध्ये शिखर इन्स्योरेन्सले तीन वटा दाबीको ४५ हजार १२ रुपियाँ भुक्तानी गरेको छ । बाँकी १० कम्पनीले भने एउटा पनि दाबी भुक्तानी नगरेको प्राधिकरणले जनाएको छ ।
हुलदंगा र मुठभेडबाट प्राप्त भएको क्षति विवरण अनुसार सर्वाधिक रकमको दाबी सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा परेको छ । यो कम्पनीले दुई वटा दाबीको एक करोड २७ लाख रुपियाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।
रकमका हिसाबले दोस्रो धेरै दाबी पर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले आठ वटा दाबीबापत एक करोड १७ लाख ५० हजार रुपियाँ भुक्तानी गर्नुपर्ने प्राधिकरणको तथ्याङ्कमा छ ।
यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पाँच वटा दाबीको ६८ लाख ९१ हजार रुपियाँ, नेको इन्स्योरेन्सले चार वटा दाबीको ५२ लाख रुपियाँ, दि ओरिएन्टल इन्स्योरेन्सले एउटा दाबीको ४७ लाख ५० हजार रुपियाँ, नेशनल इन्स्योरेन्सले ११ वटा दाबीको २० लाख ७५ हजार रुपियाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले एउटा दाबीको १६ लाख ९५ हजार रुपियाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चार वटा दाबीको १४ लाख ६० हजार रुपियाँ, शिखर इन्स्योरेन्सले पाँच वटा दाबीको १३ लाख २५ हजार रुपियाँ, नेपाल इन्स्योरेन्सले एउटा दाबीको आठ लाख ७१ हजार ७९५ रुपियाँ र प्रभु इन्स्योरेन्सले एउटा दाबीको ५० हजार रुपियाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार बीमालेख अनुसार बीमा दाबीमध्ये सर्वाधिक मोटर बीमा(निजी) तर्फ २२ वटा, सम्पत्ति बीमा १६ वटा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम तीन वटा र विविध दुई वटा दाबी परेको छ । जसमध्ये मोटर बीमा (निजी) दुई र विविध एक दाबीको भुक्तानी भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *