 वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।
 आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ ।
 रेमिट्यान्स आप्रवाह नेपाली रुपियाँमा ९.४ प्रतिशतले र अमेरिकी डलरमा ६.९ प्रतिशतले बढेको छ ।
 शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको छ ।
 कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ ।
 नेपाल सरकारको खर्च आठ खर्ब ३९ अर्ब ३६ करोड र राजस्व परिचालन सात खर्ब २० अर्ब ३५ करोड रहेको छ ।
 विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ ।
 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा छ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको बृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको बृद्धिदर ७.७ प्रतिशत रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *