काठमाडौँ । अब वाणिज्य बैङ्कबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारीस गर्दा कुनै पनि प्रकारको सिफारीस दस्तुर वा शुल्क लिन नपाइने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले सुन सिफारीसमा शुल्क नलिन मङ्गलबार एक सूचना जारी गर्दै आग्रह गरेको छ ।
राष्ट्र बैङ्कले सुन व्यवसाय सम्बन्धी संघ, महासंघले वाणिज्य बैङ्कबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारीस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नलिन आग्रह गरेको हो ।
सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ रहेको छ ।
उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघ, महासंघले वाणिज्य बैङ्कबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको छ ।
सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ, महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्न राष्ट्र बैङ्कले आग्रह गरेको हो ।
‘सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघ र महासंघले वाणिज्य बैङ्कबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ, महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्नु’, राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *