काठमाडौँ । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पूर्वी क्षेत्रले आयोजना गरेको “ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता— २०८२” सम्पन्न भएको छ ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल, ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं जिल्ला, काठमाडौं जिल्ला अन्तरगत पूर्वी क्षेत्र, पश्चिम क्षेत्र लगायत अन्य १४ वटा इकाई समितिबाट १० वटा टिमले सहभागिता जनाएको प्रतियोगिता दुई दिन चलेको थियो ।
प्रतियोगिताको उद्घाटन तथा समापन समारोह ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वी क्षेत्रका अध्यक्ष विष्णु कुमार श्रेष्ठको सभापतित्व र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो भने कार्यक्रम सञ्चालन पुर्वी क्षेत्रका सचिव दिलराम श्रेष्ठले गर्नु भएको थियो ।
समापन समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, वरिष्ठ सल्लाहकार निरन्जन कुमार श्रेष्ठ, महिला उद्यमी समिति संयोजक तथा महासंघ उपाध्यक्ष बिष्णुमाया उचहीलगायत महासंघका पदाधिकारीहरु तथा सदस्यहरु, काठमाडौं जिल्लाका अध्यक्ष सुनिल कुमार अमात्य, उपाध्यक्ष रोहित श्रेष्ठ, महासचिव पशुपति श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्यहरु, पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरी, वरिष्ठ उपाध्यक्ष सालिकराम सुवेदी लगायत पदाधिकारी तथा सदस्यहरु भक्तपुर जिल्ला अध्यक्ष, ललितपुर जिल्ला सचिव,१४ वटै इकाईका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा सहभागि १० वटा टिमलाई हराउँदै पुर्वी क्षेत्र अन्तरगतको जोरपाटी इकाई बिजयी बन्न सफल भएको थियो भने पुर्वी क्षेत्रकै कपन इकाई दोस्रो स्थानमा रहेको थियो ।
प्रथम भएको टिमले ४० हजार नगद, ट्रफी, मेडल सहित प्रमाणपत्र पाएको थियो भने दोस्रो भएको टिमले २५ हजार नगद, ट्रफी, मेडल सहित प्रमाणपत्र पाएको थियो । विजयी टिमलाई प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठ सहित विशेष अतिथिहरुले अबिर लगाएर नगद, ट्रफी, मेडल सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
समापन कार्यक्रममा इकाईहरुको तर्फबाट बालाजु गोंगवु इकाई अध्यक्ष साजन गुरुङ, जोरपाटी इकाई अध्यक्ष गणेश श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो भने ललितपुर जिल्लाका सचिव तथा भक्तपुर जिल्लाका अध्यक्षले शुभकामना दिनु भएको थियो ।
शुभकामना मन्तव्य दिँदै पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरीले केहि हार्डवेयरहरुले अझै तौलमा बेईमानी गरिरहेको हुनाले सचेत हुन सबै व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
काठमाडौं जिल्लाका उपाध्यक्ष रोहित श्रेष्ठले शुभकामना मन्तव्य राख्दै देश संघिय संरचनामा गएको यतिका वर्ष भई सकेकोले यो संगठनको संरचना समेत संघीय ढाँचामा लैजान ढिला भएको महसुस भएको हुँदा यो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
समापन समारोहमा बोल्दै काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्यले आन्तरिक रुपमा कहिलेकाहीँ साना तिना वाद विवाद भए पनि यस्ता कार्यक्रमहरुले त्यस्तो विषयलाई मिलाएर भातृत्वको विकास हुनेमा विश्वास व्यक्त गर्दै अब काठमाडौं जिल्लामा स्थानिय तह बमोजिमको सांगठानिक संरचना अत्यन्तै आवश्यक भएकोले त्यसलाई विवादको विषय नबनाई मिलेर अगाडि बढ्न क्षेत्र तथा इकाईहरुलाई आग्रह गर्नुभयो ।
समापन समारोहमा महासंघको तर्फबाट उद्यमी महिला समिति संयोजक विष्णुमाया उचही र वरिष्ठ सल्लाहाकार निरन्जन कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले कार्यक्रमलाई भव्यताको साथ सम्पन्न गराउन पुर्वी क्षेत्रका आध्यक्ष विष्णुकुमार श्रेष्ठ लगायत पदाधिकारी सदस्यहरुले खेलेको भुमिकाको महासंघले उच्च मुल्याङ्कन गर्ने बताउनुभयो ।
प्रमुख अतिथि श्रेष्ठले यो कार्यक्रमले ग्रील तथा स्टील व्यवसायीहरु खेलकुद प्रति पनि सकारात्मक छन् भन्ने सन्देश दिन सफल भएको समेत बताउँदै आयोजक समितिको व्यवस्थापनलाई आफुले महत्वका साथ हेरेको बताउनुभयो ।
अब महासंघ अन्तरगतका सबै समितिहरु संघीय ढाँचामा जानुपर्ने आवश्यकता भएकोले कसैले पनि नअड्काउन सबैलाई अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।
कार्यक्रमलाई बिट मार्दै कार्यक्रमका सभापति तथा पुर्वी क्षेत्र अध्यक्ष विष्णु कुमार श्रेष्ठले कार्यक्रम सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिनुभयो ।
सभापति श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयो गर्ने महासंघ, जिल्ला संघ, क्षेत्रीय समिति परिवार तथा १४ वटै इकाई समिति परिवार तथा विभिन्न कम्पनी र हार्डवेयरहरुलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा नेपाटेक तथा अमात्य तारजाली लगायत कम्पनीहरुले सहयोग गरेको आयोजक पक्षले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *