काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा सोमबार साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ । साउन महिनाको पहिलो सोमबार यहाँ पहिलो पटक यसप्रकारको आरतीको आयोजना गरिएको हो ।
साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जिब थापाले बताउनुभयो ।
भालेश्वर महादेवमा सोमबार चन्द्रागिरि केबलकार चढेर हजारौँ श्रद्धालु पूजाका साथै साँझको आरतीमा सहभागी हुन पुगेका थिए ।
सोमबार साउन महिनाको पहिलो सोमबार पुशपतिनाथसहित देशका अन्य महादेव मन्दिरहरुमा पनि भगवान शिवको पूजा अर्चनाका लागि घुइँचो लागेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *