काठमाडौँ । सेयर बजार चार दिनमा एक सय अंकभन्दा बढीले ओरालो लागेको छ । पछिल्ला दिनमा ओरालो लागिरहेको सेयर बजार यो साताको अन्तिम दिन पनि ओरालै लागेर बन्द भएको छ ।
बिहीबार सेयर बजारमापक नेप्से परिसूचक २९.७१ अङ्कले ओरालो लागेर २१२६.४८ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ५.२६ अंकले ओरालो लागेर ४०३.८४ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से १.३७ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स १.२८ प्रतिशतले ओरालो लागेको छ ।
ओरालो लय समाएको सेयर बजार साढे २१ सयको विन्दु तल झरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै उच्च अंकले सुधारिएको सेयर बजार अर्काे दिनदेखि निरन्तर ओरालो लागिरहेको छ ।
बिहीबार दिनभर ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर ४४ हजार ६७२ पटक खरिदबिव्रmी हुँदा दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
अन्तिम दिन १० करोड ५७ लाख ५९ हजार ९६६ रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको आठ करोड ३६ लाख ६० हजार ५७३ रुपियाँ, प्रोग्रेसिभ फाइनान्स लिमिटेडको छ करोड ८० लाख ७७ हजार पाँच रुपियाँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छ करोड ११ लाख ७१ हजार ४२ रुपियाँ र एभरेस्ट बैंकको छ करोड तीन लाख ८० हजार ६१६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहम सबैको उपसूचक ओरालो लागेको छ । व्यापार उपसमूहको सूचक सर्वाधिक २.६५ प्रतिशतले ओरालो लागेको अन्तिम दिन अन्य समूह २.१२ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको सूचक २.०२ प्रतिशत, वित्त २.२३ प्रतिशतले ओरालो लागेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *