काठमाडौँ । पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुमा समस्या समाधानका लागि काम गरिरहेको नेपाल राष्ट्र बैंकले यस सम्बन्धी गुनासो दर्ता गर्न सार्वजनिक अपिल गरेको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो दर्ता गर्नेबारे बिहीबार सूचना सार्वजनिक गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ’घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका ऋणीहरूको गुनासो सुनुवाइका लागि नेपाल राष्ट्र बैंकले अलग्गै गुनासो सुनुवाइ डेस्क स्थापना गरी गुनासो सम्बोधन गर्दै आएको छ ।
लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढङ्गमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेकोलगायत अन्य जुनसुकै गुनासो भएमा पैसा तिर्नु नपर्ने फोन नम्बर १८१०५००००२२ मार्फत वा गुनासो दर्ता गर्ने अनलाइन पोर्टलबाट वा इमेलमार्फत वा कार्यालय समयमा नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीलाई राष्ट्र बैंकले आग्रह गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *