काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ ।
बैंकले सिरहा, बैतडी, दार्चुला, मोरङ, मकवानपुर, ललितपुर, सुर्खेत, कालिकोट, दैलेख र स्याङजाका विभिन्न ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
सिरहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङ्गको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को र मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङजाको वालिङमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । नयाँ शाखा सञ्चालनसँगै रावा बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र तीन वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेको बताउनुभयो ।