काठमाडौँ । नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यादेखि सुधारिएको सेयर बजार साताको अन्तिम दिन भने सामान्य अंकले ओरालो लागेर बन्द भएको छ ।
बिहीबार सेयर बजारमापक नेप्से परिसूचक १.३१ अङ्कले ओरालो लागेर २१६३.९२ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.०५ अङ्कले ओरालो लागेर ४१०.५२ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.०६ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.०१ प्रतिशतले ओरालो लागेको छ ।
बिहीबार दिनभर ८४ लाख २४ हजार १०८ कित्ता सेयर ५४ हजार ९५४ पटक खरिदबिव्रmी हुँदा तीन अर्ब पाँच करोड २४ लाख १० हजार ६५९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २९ करोड रुपियाँले कमी हो ।
बिहीबार १४ करोड २३ लाख १७ हजार ८७ रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम सिमेण्ट्सको सर्वाधिक सेयर कारोबार भएको छ भने सोल्टी होटल लिमिटेडको नौ करोड ३४ लाख ९६ हजार ३२० रुपियाँ, हिमालयन लाइफ इन्स्योरेन्सको आठ करोड ८२ लाख ५९ हजार ४७२ रुपियाँ, ज्योति विकास बैंकको आठ करोड ३३ लाख ९४ हजार २३५ रुपियाँ र नबिल बैंकको सात करोड ७७ लाख ८३ हजार २२३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार बाहेक बाँकी आठ वटा उपसमूहको परिसूचक ओरालो लागेको छ ।