काठमाडौँ । विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने राहदानी सुविधावापत डलर सहटी सविधा बढेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र – २०७९ मा संशोधन गर्दै भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई हजार ५०० सटही सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ ।
हाल एक हजार ५०० डलर मात्र साट्न पाइने सुविधा छ । यसअघि वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै राष्ट्र बैंकले न्यून मात्रामा मात्रै डलर सटही सुविधा पाउने व्यवस्था गरेको थियो ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा देहाय बमोजिम संशोधन÷थप गर्दै सोही बमोजिम गर्नु गराउन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
“भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी वापत प्रति पटक अमेरिकी डलर दुई हजार ५०० वा सो बराबरको परिवर्तय विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिनेछ । तर, यस्तो सटही सुविधा एक वर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ ।” – राष्ट्र बैंकको संशोधित एकीकृत परिपत्रमा भनिएको छ । एक वर्ष भन्नाले एक आर्थिक वर्षलाई जनाउने भन्दै राष्ट्र बैंकले परिपत्र जारी भएको मिति २०८०÷०४÷१२ देखि गणना हुने जनाएको छ । साथै परिपत्र जारी भएको मिति २०५०÷०४÷१२ अगावै राहदानी बापतको सटही सुविधा लिई भ्रमण गरिसकेकाको हकमा आर्थिक वर्ष २०८०÷८१ मा प्रति पटक अधिकतम अमेरिकी डलर दुई हजार ५०० गरी अधिकतम दुई पटक सटही सुविधा प्रदान गर्न बाधा नपर्ने जनाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *