काठमाडौँ । कुल ग्रार्हस्थ्य उत्पादनमा गण्डकी प्रदेशको हिस्सा चार खर्ब ८२ अर्ब रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाबारे एक सर्वेक्षणका अनुसार समग्र नेपालको कुल ग्रार्हस्थ्य उत्पादन ५३ खर्ब ८१ अर्ब रहेकोमा गण्डकी प्रदेशको हिस्सा चार खर्ब ८२ अर्ब रहेको देखिएको हो । सर्वेक्षणका अनुसार आर्थिक बृद्धिदर ३.२६ रहेको छ भने प्रतिव्यक्ति कुल ग्रार्हस्थ्य उत्पादन (अमेरिकी डलरमा १४९२ रहेको छ ।
गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको २६ प्रतिशत, द्वित्तिय क्षेत्रको १७ प्रतिशत र तृतिय क्षेत्रको ५६ प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ । प्रदेशमा गत आर्थिक बर्षसम्म प्रतिव्यक्ति आय एक हजार ४९२ अमेरिकी डलर पुगेको छ ।
गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको अन्त्यसम्म चार खर्ब ३९ अर्ब रुपियाँ निक्षेप संकलन गरी तीन खर्ब ५१ अर्ब रुपियाँ बढी कर्जा लगानी गरेका छन् ।
गण्डकी प्रदेशमा कुल निक्षेप चार खर्ब ३९ अर्ब ७० करोड अर्थात् ८.०२ प्रतिशत भएको छ । त्यस्तै कर्जा लगानी तीन खर्ब ५१ अर्ब ९२ करोड अर्थात् ७.२५ प्रतिशत, सहुुलियत कर्जा २८ अर्ब २८ करोड अर्थात् १३.७९ प्रतिशत र व्यवसाय जीवन रक्षा कर्जा ९१ करोड रुपियाँ मात्रै लगानी भएको राष्ट्र बैंकको उक्त सर्वेक्षणमा उल्लेख छ ।
यस्तै गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या एक हजार ४२४ वटा अर्थात् १२ दशमलव २३ प्रतिशत रहेको छ । यसमध्ये ‘क’ वर्गका वाणिज्य बैंकको शाखा ६०७, ‘ख’ वर्गका विकास बैंकको शाखा १९०, ‘ग’ वर्गका वित्त कम्पनीहरुको शाखा ३७ र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको शाखा ५९० वटा रहेका छन् ।
प्रतिशाखा जनसंख्या (क, ख, ग र घ) गरी एक हजार ७३२ रहेको छ । गण्डकी प्रदेशमा वित्तीय पहुँचअन्तर्गत मोबाइल बैकिङको संख्या २३ लाख २१ हजार १९२ अर्थात् ११.३६ प्रतिशत, इन्टरनेट बैकिङ संख्या एक लाख ९८ हजार १७५ अर्थात् ११.०२ प्रतिशत, डेबिट कार्ड संख्या ११ लाख ३८ हजार अर्थात् ९.३९ प्रतिशत, क्रेडिट कार्ड संख्या १७ हजार २३५ अर्थात् ६.०४ प्रतिशत र प्रिपेड कार्डको संख्या एक हजार ८४६ अर्थात् १.४८ प्रतिशत रहेको छ ।

सातवटा ब्रोकर कम्पनीहरूले पाए निक्षेप सदस्यता
गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १३ गते
थप सातवटा ब्रोकर कम्पनीहरूले निक्षेप सदस्यता पाएका छन् । सिडिएस एण्ड क्लयिरिङ लिमिटेड(सीडिएस)ले आवेदन दिएका थप सातवटा ब्रोकर कम्पनीहरूले निक्षेप सदस्यता प्रदान गरेको हो । नयाँ सात वटा संस्थाहरूलाई धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियामावली, २०६८ को विनियम १४ बमोजिम निक्षेप सदस्यता प्रदान गरिएको हो ।
सात वटा कम्पनीहरुले धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदान गर्न सदस्यता पाएका हुन् । निक्षेप सदस्यता प्राप्त गरेका संस्थाहरूमा प्रोपटी विजार्ड लिमिटेड, सन सेक्युरिटिज प्रा. लि, क्यापिटल म्याक्स सेक्युरिटिज लि., सेयरप्रो सेक्युरिटिज प्रा. लि, भोलेगणेश सेक्युरिटिज लि, हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र मियो सेक्युरिटिज प्रा. लि. रहेका छन् ।
विद्युतीय केवाइसी प्रणाली आबद्ध हुनका लागि भिजन सेक्युरिटिज प्रा. लि.ले केवाइसी दर्ता प्रतिनिधिको रुपमा अनुमति पाएको छ । केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान केवाइसी सेवा सम्बन्धी कार्य सञ्चालिन निर्देशिका, २०७७ बमोजिम सिडिएस एण्ड क्लयिरिङ लिमिटेडमा भिजन सेक्युरिटिजले निवेदन दिएको थियो । उक्त संस्थालाई निर्देशिकाको दफा ४ बमोजिम सम्झौता गरि प्रणाली सञ्चालनका लागि आवश्यक लगइन प्रदान गरिएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *