काठमाडौँ । थप सातवटा ब्रोकर कम्पनीहरूले निक्षेप सदस्यता पाएका छन् । सिडिएस एण्ड क्लयिरिङ लिमिटेड(सीडिएस)ले आवेदन दिएका थप सातवटा ब्रोकर कम्पनीहरूले निक्षेप सदस्यता प्रदान गरेको हो । नयाँ सात वटा संस्थाहरूलाई धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियामावली, २०६८ को विनियम १४ बमोजिम निक्षेप सदस्यता प्रदान गरिएको हो ।
सात वटा कम्पनीहरुले धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदान गर्न सदस्यता पाएका हुन् । निक्षेप सदस्यता प्राप्त गरेका संस्थाहरूमा प्रोपटी विजार्ड लिमिटेड, सन सेक्युरिटिज प्रा. लि, क्यापिटल म्याक्स सेक्युरिटिज लि., सेयरप्रो सेक्युरिटिज प्रा. लि, भोलेगणेश सेक्युरिटिज लि, हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र मियो सेक्युरिटिज प्रा. लि. रहेका छन् ।
विद्युतीय केवाइसी प्रणाली आबद्ध हुनका लागि भिजन सेक्युरिटिज प्रा. लि.ले केवाइसी दर्ता प्रतिनिधिको रुपमा अनुमति पाएको छ । केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान केवाइसी सेवा सम्बन्धी कार्य सञ्चालिन निर्देशिका, २०७७ बमोजिम सिडिएस एण्ड क्लयिरिङ लिमिटेडमा भिजन सेक्युरिटिजले निवेदन दिएको थियो । उक्त संस्थालाई निर्देशिकाको दफा ४ बमोजिम सम्झौता गरि प्रणाली सञ्चालनका लागि आवश्यक लगइन प्रदान गरिएको हो ।