
काठमाडौँ । चाडपर्वपछि खुलेको सेयर बजार सुस्ताएको छ । अघिल्लो साताको अन्तिम दिन गिरावट आएर बन्द भएको बजार यो साता दुई दिन विदापछि खुलेको हो । बुधबार सेयर बजारमापक नेप्से परिसूचक दुई अंकको बृद्धिमा सीमित भएको छ भने कारोबार रकममा पनि अघिल्ला दिनको तुलनामा संकुचन आएको छ ।
बुधबार नेप्से २.११ अङ्कले उकालो लागेर २९६८.४४ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.२५ अङ्कले उकालो लागेर ५३०.११ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको दोस्रो कारोबार दिनको नेप्से ०.०७ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.२३ प्रतिशतले उकालो लागेको छ ।
बुधबार ३३७ कम्पनीको चार करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर दुई लाख १४ हजार ३१९ पटक खरिद बिव्रmी हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७९२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा नौ अर्ब ९३ करोड रुपियाँले कमी हो ।
दोस्रो दिन ६६ करोड दुई लाख ३९ हजार ५७३ रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार २८६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबारको सेयर बजारमा कारोबारमा आएका बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, र अन्य बाहेक बाँकी आठ उपसमूहको परिसूचक ओरालो लागेको छ । फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ४.९९ प्रतिशतले उकालो लागेको छ भने व्यापार समूह सर्वाधिक २.०९ प्रतिशतले ओरालो लागेको छ ।