काठमाडौँ । सेयर बजारले सुस्त गतिलाई नै निरन्तरता दिएको छ । जनै पूर्णिमा र गाइजात्रापछि सुस्ताएको बजार साताको अन्तिम दिन पनि सुस्ताएरै बन्द भएको छ । साताको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक छ अंकको बृद्घिमा सीमित भएको छ भने कारोबार रकम भने १९ अर्बमाथि रहेको छ ।
बिहीबार नेप्से ६.०१ अङ्कले उकालो लागेर २९७४.४६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.७५ अङ्कले उकालो लागेर ५३३.८६ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको अन्तिम कारोबार दिनको नेप्से ०.२० प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.७० प्रतिशतले उकालो लागेको छ ।
बिहीबार ३३३ कम्पनीको चार करोड नौ लाख ५१ हजार ७२० कित्ता सेयर दुई लाख १६ हजार ४५५ पटक खरिद बिव्रmी हुँदा १९ अर्ब १६ करोड छ लाख ५२ हजार ८५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २६ करोड रुपियाँले बढी हो ।
अन्तिम दिन एक अर्ब तीन करोड ९३ लाख ४१ हजार ५४३ रुपियाँ बराबरको सेयर कारोबार भएर साइन रेसुङ्गा विकास बैंकको सर्वाधिक कारोबार भएको छ ।
बिहीबारको सेयर बजारमा कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशतले उकालो लागेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *