काठमाडौँ । गिरावटको बाटोमा लागेको सेयर बजार बुधबार थामिएको छ । निरन्तर उकालो लाग्ने क्रममा तीन हजारको विन्दु नजिक पुगेको सेयर बजार फेरी २७ सयको विन्दुमा झरेको थियो ।
सेयर बजारमापक नेप्से परिसूचक तीन अंकले सम्हालिए पनि कारोबार रकममा भने अघिल्ला दिनको तुलनामा गिरावट आएको छ ।
बुधबार नेप्से ३.८० अङ्कले उकालो लागेर २७८६.४० को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.६८ अङ्कले उकालो लागेर ४९८.१५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको चौंथो दिनको नेप्से १.१३ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.३३ प्रतिशतले उकालो लागेको छ । मङ्गलबार नेप्से १११.९६ अङ्कले ओरालो लागेर २७८२.६० को विन्दुमा पुगेर रोकिएको थियो ।
बुधबार ३२६ कम्पनीको तीन करोड ५० लाख सात हजार ३९ कित्ता सेयर एक लाख ६८ हजार १७५ पटक खरिद बिव्रmी हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा चार अर्ब ९२ करोड रुपियाँले कमी हो ।
बुधबार ४३ करोड सात लाख ८६ हजार ९७९ रुपियाँ बराबरको सेयर कारोबार भएर चन्द्रागिरी हिल्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । नेपाल फाइनान्स लिमिटेडको ४१ करोड ५९ लाख १८ हजार ३९४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबारको सेयर बजारमा कारोबारमा आएको विकास बैंक, फाइनान्स, जीवन बीमा, लघुवित्तनिर्जीवन बीमा र व्यापार बाहेक बाँकी सातउ पसमूहको परिसूचक उकालो लागेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले उकालो लागेको छ भने फाइनान्स १.६९ प्रतिशतले ओरालो लागेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *