काठमाडौँ । अन्तत ओरालो लाग्ने क्रममा रहेको सेयर बजार साढे सत्ताइस सयको विन्दुमा आइपुगेको छ । निरन्तर उकालो लाग्ने क्रममा तीन हजारको विन्दु नजिक पुगेको सेयर बजार फेरी साढे सत्ताइस सयको विन्दुमा झरेको हो ।
सेयर बजारमापक नेप्से परिसूचक ३७ अंकले ओरालो लाग्दा कारोबार रकममा भने अघिल्ला दिनको तुलनामा गिरावट आएको छ ।
बिहीबार नेप्से ३६.८३ अङ्कले ओरालो लागेर २७४९.५७ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.३५ अङ्कले ओरालो लागेर ४८९.७९ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको अन्तिम दिनको नेप्से १.३२ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स १.६७ प्रतिशतले ओरालो लागेको छ ।
बुधबार नेप्से ३.८० अङ्कले उकालो लागेर २७८६.४० को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.६८ अङ्कले उकालो लागेर ४९८.१५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको चौंथो दिनको नेप्से १.१३ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.३३ प्रतिशतले उकालो लागेको छ । मङ्गलबार नेप्से १११.९६ अङ्कले ओरालो लागेर २७८२.६० को विन्दुमा पुगेर रोकिएको थियो । गिरावटको बाटोमा लागेको सेयर बजार बुधबार थामिएको थियो ।
बिहीबार ३२२ कम्पनीको दुई करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर एक लाख ४६ हजार २०४ पटक खरिद बिव्रmी हुँदा १२ अर्ब २४ करोड ३६ लाख एक हजार ३६५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ४८ करोड रुपियाँले कमी हो ।
बिहीबार ३७ करोड ६५ लाख ५९ हजार ७११ रुपियाँ बराबरको सेयर कारोबार भएर गुडबील फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । अपी पावर कम्पनीको ३६ करोड ६४ लाख ८८ हजार ५२० रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबारको सेयर बजारमा कारोबारमा आएको म्युचुअल फण्ड बाहेक बाँकी १२ उपसमूहको परिसूचक ओरालो लागेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *