काठमाडौँ । बैंकहरुको ब्याजदर असारमा यथावत रहने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संघ नेपाल बैंकर्स संघले असार महिनामा बैंकको ब्याजदर थपघट नगर्ने निर्णय गरेको हो ।
संघका पदाधिकारीहरुको मङगलबार बैठकले असार महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।
बैंकर्स संघले वैशाखमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.९९९ प्रतिशत ब्याज दर तोकेको थियो । बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । संघले जेठमा सोही ब्याजदरलाई निरन्तरता दिएको थियो । संघको निर्णय अनुसार असार महिनामा पनि सोही दर कायम हुने भएको छ ।