काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् ।
एक आपसमा मर्ज हुनका लागि दुबै कम्पनीले मङ्गलबार सम्झौता गर्दै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
किसान लघुवित्तको कैलालीको लम्कीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ । जाल्पा सामुदायिक लघुवित्तको भने रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड कार्यालय रहेको छ ।
दुबै कम्पनीले मर्जर प्रयोजनका लागि संस्थाका आधारभूत सेयरधनीहरुको सेयर कारोबार साधारणसभा सम्पन्न नहुन्जेलसम्म रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई अनुरोध गरेका छन । किसान लघुवित्तको चुक्ता पूँजी ५० करोड ४३ लाख रुपियाँ रहेको छ । त्यस्तै जाल्पा सामुदायिक लघुवित्तको पूँजी १८ करोड २८ लाख रुपियाँ रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *